१० बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदको निर्वाचनमा रेखा थापा पछि हटेकी छन् । राप्रपाले थापालाई स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा सिफारिस गरेको थियो ।
अनलाइनखबरसँग कुरा गर्दै थापाले आफू उपमेयरमा चुनाव नलड्ने बताइन् । आफू काठमाडौंको उपमेयरभन्दा माथिल्लो भूमिका पनि निभाउन सक्ने व्यक्ति भएको भन्दै उनले मेयर पदका लागि सक्षम भएको संकेत गरिन् ।
उनले उपमेयरमा मिरा राणा, कोमल वली लगायतका व्यक्तिहरुलाई उठाउन उपयुक्त हुने सुझावसमेत दिइन् ।
आफूलाई काठमाडौंको उपमेयरमा सिफारिस गरेकामा उनले पार्टीप्रति आभार व्यक्त गरिन् ।
नायिका रेखा थापा हालै राप्रपामा प्रवेश गरेकी हुन् । त्यसअघि उनी माओवादीमा लागेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4