११ बैशाख, काठमाडाैं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले खेलेको भूमिकाको प्रशंशा गरेका छन् ।
पूर्वराष्ट्रपति डा. यादवले सबै दललाई समेटेर निर्वाचनमा लैजाने सरकारको प्रयासमा सबैले साथ दिनुपर्नेमा पनि जोड दिए ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरु एकतावद्ध भएर मुलुकलाई शान्ति र समृद्धिको बाटो अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
उनले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न पनि दलहरु सफल हुने विश्वास पनि व्यक्त गरे ।
पूर्वराष्ट्रपति डा.यादवले विनाशकारी भूकम्प गएको २ वर्ष बित्दा समेत सरकारले जनताका लागि आवासको व्यवस्था समेत गर्न नसकेकोमा भने असन्तुष्टि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4