१३ बैशाख, कैलाली । सेती अञ्चल अस्पतालमा अस्पताल विकास समितिले फार्मेसी सञ्चालनका लागि आहृवान गरिएको टेण्डर स्वीकृत भएको अस्पतालले जानकारी दिएको छ । टेण्डर मुल्याङकन समितिले ३ कम्पनीको टेण्डर स्वीकृत गरेको हो ।
७ सय प्रकारका औषधिका लागि टेण्डर आहृवान गरिएको भए पनि ५ सय औषधिका लागि मात्रै टेण्डर परेको छ । टेण्डर स्वीकृत भएका ३ वटै कम्पनीलाई सम्झौताका लागि पत्रचार गरिएको सेती अञ्चल अस्पतालले जनाएको छ । अस्पतालमा नै फार्मेसी संचालनमा आएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि पाउने विश्वास अस्पतालको छ ।
फार्मेसी संचालनका लागी धनगढीमा रहेका यशोदा फार्मेसी, ड्रग सेन्टर र डिवि मेडिसिनको टेण्डर स्वीकृत गरिएको सेती अञ्चल अस्पताका स्टोरकिपर जीतबहादुर शाहले बताए । उनले सम्झौता लगत्तै आशयको सुचना निकाल्ने तयारी अस्पताल प्रशासनले गरिरहेको बताए ।
फार्मेसी सञ्चालनका लागि स्वाथ्य मन्त्रालयले गत पुसमा सेती अञ्चल अस्पताललाई १५ लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । मन्त्रालयले गत चैत मसान्तभित्रै फार्मेसी सञ्चालन गरिसक्नुपर्ने परिपत्र गरे पनि अस्पतालले चासो नदेखाएकोले फार्मेसी सञ्चालनमा आउन ढिलाई भएको हो ।
फार्मेसी सञ्चालनका लागि आहृवान गरिएको टेण्डर स्वीकृत भएसँगै अस्पतालले हप्ता दिनमै फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अशोक श्रीपाइलीले बताए ।
उनलेे अस्पताल हाता भित्रै औषधि वितरण गरिने हुँदा बाहिरको भन्दा २० प्रतिशत सम्म छुट दिन सकिने बताए ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपनि अस्पतालको आफ्नै फार्मेसी नभएका कारण सेवाग्राहीहरुले सहज रुपमा औषधि पाउन सकेका थिएनन् ।
प्रतिक्रिया 4