२२ वैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा तालमेल गरेका छन् । निर्वाचन आयोगले बिहीबार साँझसम्म उम्मेदवारी लिन दिएको समयसीमा उपयोग गर्दै दलहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तालमेलमा जुटेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव सभामुखले अगाडि बढाउन लागेको खबर पनि ले पनि पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान जमाएका छन् ।
गोरखापत्र दैनिकले स्थानीय तह निर्वाचनका लागि दलहरुबीच भएको तालमेललाई मुख्य खबर बनाएर छापेको छ । मतदानका दिन सवारी सञ्चालन गर्न अनिवार्य अनुमति लिनुपर्ने खबर पनि गोरखापत्रमा छ ।
नागरिक दैनिकले पनि तालमेलकै विषयलाई मुख्य खबर बनाएर लेखेको छ । निर्वाचनले गाउँघरमा चहलपहल बढेको अर्को खबर पनि नागरिक दैनिकमा छ ।
राजधानी दैनिकले निर्वाचनले बजेट अन्योलमा परेको जनाएको छ ।
‘प्रमुख दल नै तालमेलमा’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले देउवा–निधि सम्बन्ध सुधारका आयामबारे एक सामग्री पस्केको छ ।
अन्नपूर्णको प्राथमिकतामा महाभियोगदेखि कांग्रेस–माओवादी चुनावी तालमेलसम्मका विषय परेका छन् ।
प्रतिक्रिया 4