कहिले कहीं आफ्नो व्यक्तिगत कुरामा पनि स्पष्टिकरण नदिई धर पाउँदैनन्, सेलिब्रेटीले । जस्तो कि, काजोल देवगण । उनले आफ्नो साथीको रेष्टुरेन्टमा बीफको स्वाद लिएकी थिइन् । जसै यो भिडियो बाहिर आयो, रातारात भाइरल भयो । आखिरमा काजोलले भन्नैपर्यो, ‘त्यो डिश गाईको मासु होइन, भैंसीको मासु थियो । म यो स्पष्टिकरण यसकारण दिदैछु कि यो संवेदनसिल विषय हो । र, मानिसको सेन्टिमेन्समा ठेस पुर्याउन सक्छ । मेरो नियत त्यस्तो होइन ।’
काजोलकी प्रवत्ताले पनि त्यहाँ सर्भ गरिएको मासु भैंसीको भएको दावी गरेका छन् । भनिहालौं, भिडियो काजोलले नै सोसल मिडियामा शेयर गरेकी थिइन् । तर, पछि उनले उक्त भिडियो हटाइन् । अहिले उनी तमिल फिल्म भिआइपी २ को छायांकन सिध्याएर बसेकी छिन् । काजोलसँग यसपाली धनुषले स्त्रिmन सेयर गरेका छन् । धनुस रजनीकान्तका छोरी ज्वाँइ हुन् । यो फिल्म सौन्दर्या रजनीकान्तले निर्देशन गरेकी हुन् ।- एजेन्सी
प्रतिक्रिया 4