+
+

संघीयतामा यातायातः सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते ६:२१

२४ वैशाख, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन्। तर, अञ्चल कार्यालयबाट दिइँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भने स्थानीय (स्नाथीन तह) बाट दिने सम्बन्धमा छलफल भइरहेको छ।

प्रदेश गठनपछि सवारी साधान दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। अञ्चल तथा केन्द्रबाट दिँदै आएको केन्द्रीकृत सेवा स्थानीय तहमै पुर्याउने संघीय प्रणालीको अवधारणाअनुसार यातायात क्षेत्रमासमेत नयाँ प्रावधान लागू हुन लागेको हो। यद्यपि, सवारीसाधनमा लाग्ने भन्सार केन्द्र सरकारले नै लिनेछ भने अन्य वार्षिक कर, आय कर, नवीकरण, सडक सम्भार तथा मर्मत दस्तुर भने प्रदेश सरकारले लिने विषयमा छलफल भइरहेको विभागले जानकारी दिएको भन्दै कारोबार दैनिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?