+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रामहरि खतिवडाको प्रश्न : प्रदेशलाई दह्रो बनाउने बजेट किन आएन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते ११:५५

२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीयतालाई बलियो बनाउने गरी आगामी आर्थिक वर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् ।

‘स्थानीय तहलाई दह्रो बनाउनुपर्ने हो । तर, स्थानीय तहलाई, प्रदेशलाई दह्रो बनाउन कुरा काहीं उल्लेख गरिएको पाइएन,’ सांसद खतिवडाले भने ।

प्रमुख प्रशसकीय अधिकृत एक वर्षमा चार पटकसम्म परिवर्तन भइराखेको उल्लेख गर्दै उनले भने, ‘संघीयता आउनु अगाडि पनि यस्तै (पहुँचका आधारमा कर्मचारी सरुवा) थियो ।’

मुख्यमन्त्री धेरै फेरिंदा प्रदेश संरचनामाथि प्रश्न उठाउनेहरू बढेको उनले बताए ।

व्यवस्था परिवर्तन भएको भएता पनि प्रवृतिमा परिवर्तन नआएको उल्लेख गर्दै उनी थप्छन्, ‘कर्मचारीको सरुवा बढुवा पहुँचका आधारमा भइरहेको छ । कुनै पार्टीको झण्डा नबोक्ने सचिवहरु काम गर्नै सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?