+
+
Shares

घुस प्रकरण : गोरखाकी सुमित्रा पुडासैनीविरुद्ध ५० लाखको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

यस प्रकरणमा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवाना मागदाबी गरिएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस प्रकरणमा चन्द्र बहादुर अधिकारी र सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
  • सुमित्रा कुमारीले आयोगलाई दिएको बयान र अदालतमा दिएको बकपत्रमा भिन्नता देखिएपछि थप अनुसन्धान गरिएको थियो।
  • पुडासैनीले चन्द्र बहादुर अधिकारीले दिएको चेक फिर्ता गरेको र घुस लेनदेनमा सहयोग गरेको पुष्टि भएपछि उनलाई पनि कसूरदार ठहर गरिएको छ।

२९ वैशाख,  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस/रिसवत प्रकरणमा विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी गोरखा बारपाक सुलिकोट गाउँपालिका ७ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीले अदालतमा दिएको बकपत्र अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबी विपरीत रहेको पाइएपछि थप अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा पुडासैनीले आयोगसमक्ष दिएको बयानविपरीत विशेष अदालतमा २०८३ वैशाख ९ गते बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

साथै, चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’का नाममा काटिएको र उक्त संस्थाकी सञ्चालक पुडासैनीलाई प्रदान गरिएको देखिएको अख्तियारको दाबी छ ।

उक्त चेक प्राप्त गरेपछि पुडासैनीले बैंकमा सटहीका लागि प्रयास गरेको तर सटही नभएपछि चेक फिर्ता गरेको तथ्यसमेत खुलेको आयोगले जनाएको छ । आयोगका अनुसार यसरी घुस लेनदेनमा सहयोग पुर्‍याउने कार्य कसुर भएको पुष्टि भएकाले उनलाई समेत कसूरदार ठहर गरिएको हो ।

यस प्रकरणमा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिम कैद तथा जरिवाना मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?