+
+
Shares

भारतले भन्यो– जयशंकरलाई नेपालले निम्ता दिएको छ, मिति समझदारीमा

‘उहाँ (विदेशमन्त्री) नेपाल जाने मिति भने दुई देशबीचको समझदारीमा तय हुन्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भ्रमणको निम्तो दिएको विदेश मन्त्रालयले जनाएको छ।
  • भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मोरिससमा नेपालका परराष्ट्रमन्त्रीसँग भेटवार्तामा भ्रमण निम्तो आएको बताए।
  • भ्रमणको मिति दुई देशबीचको समझदारीमा टुंगो लाग्ने प्रवक्ता जैसवालले बताएका छन्।

२९ वैशाख, काठमाडौं । नेपालले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भ्रमणको निम्तो दिएको विदेश मन्त्रालयले जनाएको छ ।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरलाई भ्रमणको निम्तो दिएको जानकारी गराए ।

‘हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो,’ प्रवक्ता जैसवालले भने, ‘उहाँहरूबीच मोरेसिसमा भेटवार्ता भएको थियो । विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।’

यद्यपि भ्रमणको मिति भने टुंगो नलागेको उनले बताए ।  उनका अनुसार, दुई देशबीचको आपसी समझदारीमा भ्रमणको मिति टुंगो लाग्नेछ ।

‘उहाँ (विदेशमन्त्री) नेपाल जाने मिति भने दुई देशबीचको समझदारीमा तय हुन्छ,’ उनले भने ।

प्रवक्ता जैसवाललाई मिडिया ब्रिफिङका क्रममा एक सञ्चारकर्मीले भारतीय विदेश सचिवको नेपाल भ्रमण रोकिनुको कारणबारे प्रश्न गरेकी थिइन् ।

सो प्रश्नको जवाफका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भनेका छन्, ‘हाम्रो सम्बन्ध बहुआयामिक किसिमको छ । नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो । हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो । हामी दुई देशको सम्बन्ध जति पुरानो हो, पारिवारिक सम्बन्ध पनि हो । यसको हामी थप बलियो बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?