+
+
Shares

मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न धमाधम ठेक्का लगाउँदै सडक विभाग

हिँउद महिनाभरि सुक्खा पहिरो खस्दा डोजरले बाटो सफा गर्दै यातायात चलाएका सरकारी निकाय मनसुन सुरु भएपछि भने ठेक्का लगाएरै पहिरो रोकथाममा जुटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले असारे विकास प्रवृत्ति रोक्ने नीति सार्वजनिक गरेको छ।
  • सडक डिभिजन भरतपुरले मनसुन सुरु भएपछि नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि ठेक्का आह्वान गरेको छ।
  • तुइन खोला र नाम्सी खोलाको दायाँ किनार तथा काली खोला र नाम्सी खोलाको बायाँ किनारमा पहिरो रोकथामका लागि रिटेनिङ वाल र स्थायी संरचना निर्माण गर्ने योजना छ।

२९ वैशाख, काडमाडौं । नेपालमा असारे विकास प्रवृत्ति रोक्ने नीति वर्तमान सरकारले सार्वजनिक गरेको छ ।

सडकका विकासे अड्डा भने धमाधम मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न भन्दै नयाँ ठेक्का आह्वान गरिरहेका छन् । सडक डिभिजन भरतपुरले एक साता अन्तरमा नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि बोलपत्र आह्वान गरेको छ ।

गत शुक्रबार सडक डिभिजन भरतपुरले तुइन खोला तथा नाम्सी खोलाको दायाँ किनार मुग्लिनतर्फ पहिरो रोकथामका लागि भन्दै ठेक्का निकालेको थियो ।

सोही कार्यालयले मंगलबार नारायणगढ–मुग्लिन सडककै काली खोला पहिरो र नाम्सी खोलाको बायाँ किनार (नारायणघाटतर्फ) को पहिरो रोकथामका लागि ठेक्का निकालेको हो ।

तुइन खोला पहिरोग्रस्त क्षेत्र नारायणघाट–मुग्लिन सडकको सबैभन्दा बढी जोखिमपूर्णमध्ये एक हो । यहाँ हिँउद महिनाभरि सुक्खा पहिरो खस्दा डोजरले बाटो सफा गर्दै यातायात चलाएका सरकारी निकाय मनसुन सुरु भएपछि भने ठेक्का लगाएरै पहिरो रोकथाममा जुटेका हुन् । यी क्षेत्रमा रिटेनिङ वाल निर्माण र स्थायी संरचना निर्माण गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?