Comments Add Comment

रुकुमका पाँच स्थानीय तहमा मतगणना, यस्तो छ प्रारम्भिक नतिजा

१ जेठ, रुकुम । रुकुमका ६ मध्ये ५ स्थानीय तहमा मतगणना जारी छ ।

मुसिकोट नगरपालिकामा हिजो रातिदेखि मतगणना जारी रहँदा वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । मुसिकोट नगरपालिकाको मेयरमा पनि कांग्रेसकै अग्रता छ ।

आठबिसकोट नगरपालिकामा भने स्यालाखदी क्षेत्रका मतपेटिका नआइसकेकाले मतगणना भने हुन सकेको छैन ।

सानीभेरी गाउँपालिका वडा नम्बर १,२,३,४ र चौरजहारी नगरपालिकाको वडा नम्बर १४ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर १४ मा वडाध्यक्षमा अतिराम विष्टसहित प्यानल विजयी भएको हो ।

चौरजहारी वडा नम्बर १४ बाट वडाध्यक्षमा जितेपछि माओवादी केन्द्रका अतिराम विष्ट विजय जुलुशमा

उता बाँफिकोट गाउँपालिकामा मतगणना जारी रहँदा वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हर्कु मल्लसहित प्यानल विजयी भएको छ । त्यस्तै, उक्त गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसकै अग्रता छ । कांग्रेसका मेयर उम्मेदवारले १ सय ३८ र माओवादी केन्द्रका उम्मेदवारले १ सय २९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुकुमको चौरजहारी नगरपालिकामा पनि बिहानदेखि मतगणना जारी छ । चौरजहारी मेयर पदमा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्रको ३ सय ७७, कांग्रेसको १ सय ७९ र नेकपा एमालेको १ सय २९ मत रहेको छ ।

उता त्रिवेणी गाउँपालिकामा पनि मतगणना जारी रहँदा सुरुवाती मतमा कांग्रेसको अग्रता छ । अध्यक्ष पदमा नेपाली कांग्रेसको ३४, माओवादी केन्द्रको १६ र नेकपा एमालेको १५  मत छ । वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment