+
+

झापाको शिवसताक्षी र गौरादहमा माओवादीले छान्यो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ११ गते १८:०६

११ जेठ, झापा  । नेकपा माअोवादी केन्द्रले झापाका शिवसताक्षी नगरपालिका र गौरदह नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।

साविकका धरमपुर,सतासी,शिवगञ्ज र पाँचगाछी सहितका ४ गाविस मिलेर बनेको शिवसताक्षी नगरपालिकामा माअोवादीले महेन्द्र भट्टराईलाई मेयरको उम्मेदवार घोषणा गरेको छ । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत हुन् । उपमेयरमा कचाली ताजपुरियालाई उम्मेदवार बनाएको छ ।

यस्तै ९ वडा रहेको गौरादह नगरपालिकामा पनि विहीबार एक समारोहकावीच पुष्पलाल ढकाललाई मेयर र अर्पणा राजवंशीलाई उपमेयर पदको उम्मेदवार घोषणा गरेको छ।

उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका १ नं.प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलगायतका नेताहरूको उपिस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?