+
+

प्रचण्डलाई ओलीको प्रश्नः कतिवटा बिहे गर्‍यो भने सम्मान पाइन्छ ? (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते २०:२१


१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको मानपदवी र पदक वितरणको चर्को आलोचना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएको भन्दै ओलीले प्रधानमन्त्रीलाई प्रश्न गरे- ‘तपाईका छोरा महान समाजसेवी नै हुन् ?’

सत्तारुढ दलहरुले भागवण्डा गरेर मानपदवी र पदक बाँडेको र यसले मानपदवी र पदककै अपमान भएको ओलीले बताए ।
एमाले काठमाडौंको विजयी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले सरकारको चर्को आलोचना गरे । यसैक्रममा उनले प्रधानमन्त्रीका छोराको समेत नाम लिए । ओलीले भने, ‘जसरी सम्मान वितरण गरियो, सरम गर्नुपर्ने अवस्था छ ।’

प्रधानमन्त्रीपुत्रलाई महान समाजसेवीका रुपमा सुप्रबल जनसेवाश्री प्रदान गरिएको भन्दै ओलीले सत्तारुढ दल र प्रधानमन्त्री प्रचण्डलाई प्रश्नको वषर्ा गरे । सरकारलाई उनको पहिलो प्रश्न थियो, कांग्रेस माओवादी बाहेक कोही छैन ?

एमाले अध्यक्ष ओली त्यतिमा मात्र रोकिएनन् । प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु भन्दै उनले भने, ‘कतिवटा बिहे गर्‍यो भने मानसम्मान पाइन्छ ? तपाईको छोरा महान समाजसेवी नै हुन् ? देशका लागि काम गरेका अरु कोही भेटिएन ?’

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘लोकलाजको ख्याल गर्नुस् । सार्वजनिक पदमा बसेपछि त्यसको गरिमा राख्नुस् ।’

राज्यकोषको दुरुपयोग भएको भन्दै ओलीले पदक वितरण अस्वीकार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?