
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने तयारी स्वरुप बोलाइएको संसदको कार्यव्यवस्था परामर्श समितिमा सत्तारुढ र विपक्षी दलहरुको राय बाझिएको छ ।
अब यसबारे सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्नेछिन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरुले भरतपुर घटनालाई लिएर संसद अवरुद्ध गर्नु गलत भएको बताए । साथै उनीहरुले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आहृवान गरिसकेकाले प्रक्रिया अघि बढाउन सुझाव दिए ।
तर, एमालेले आफूहरुको माग सम्बोधन नभएसम्म सदन नचल्ने भन्दै अहिले नै निर्वाचनको कार्यतालिका प्रकाशित गर्न हतार गर्न नहुने राय दिएका छन् ।
दलहरुको राय बाझिएपछि सभामुखले आजै दिउँसो ३ बजेबाट शीर्ष नेताहरुसँग परामर्श गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4