+
+

राजेश र मधु एकसाथ विज्ञापनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २६ गते ११:२५

नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमाल र उनकी रियल लाइफ जोडी मधु भट्टराइ अब एकसाथ पर्दामा देखिने भएका छन् ।
नायक हमाल र उनकी पत्नी मधुले एकसाथ एक विज्ञापनमा अभिनय गरेका हुन् । नायक राजेश हमालसँग पहिलो पटक पर्दामा देखिदा मधुले रमाइलो महशुश गरेको बताइन् । उनले अभिनयका क्रममा हमालबाट धेरै कुरा सिकेको समेत बताइन् ।

यता, नायक राजेश हमालले श्रीमतिसँग पेशागत रुपमा काम गर्दा छुट्टै अनुभव भएको समेत बताए । उनले भने-‘पहिले त मधु केही अप्ठ्यारो मान्दै थिइन् । तर, एक दुई सर्ट दिएपछि उनीमा आत्मविश्वास बढ्दै गयो ।’

बिहे अगाडि ७ बर्ष गुपचुप प्रेम गरेका राजेश र मधुले एक बहुराष्ट्रिय कम्पनीको घरयासी प्रयोजनका लागि उत्पादित सामाग्रीको विज्ञापनमा एकसाथ काम गरेका हुन् ।

बिहे अगाडि मधुले केही म्यूजिक भिडियोमा काम गरेकी थिइन् । तर, उनले पती हमालसँग भने पहिलो पटक विज्ञापनमा पर्दा शेयर गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?