Comments Add Comment

छत्तिस लाखमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण

९ असार,कञ्चनपुर। बर्सेनि नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ ।

मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले चालु आवमा स्थानीय समुदायको सहकार्यमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरेको हो ।

३६ लाख २०४ को लागतमा ९०० मिटर जैविक र १३१ मिटर ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । जसमध्ये परियोजनाअन्तर्गत दुवाहामा  तीन लाख ५८ हजार २२०, विचपट्टीमा तीन लाख ५८ हजार २२०, पर्सियामा  २० लाख १८, तिलकिमा  तीन लाख ५८ हजार २२०, पिपलाडीमा चार लाख १८ हजार २२० र कृष्णपुरको कटानमा  दुई लाख १८ को लागतमा जैविक तटबन्ध निर्माण गरिएको परियोजनका अधिकृत महेश घिमिरेले बताए । जसबाट प्रत्यक्ष रुपमा चार हजार बढी परिवार लाभान्वित भएका छन् ।

यसैगरी, दुवाहामा ४८ मिटर लम्बाइको रु नौ लाख २४ हजार ६२६, सिकलपट्टीमा ४८ मिटर लम्बाइको पाँच लाख ८५ हजार ९४५ र सत्यालफाँटामा ३५ मिटर लम्बाइको एक लाख ९६ हजार ७१५ को लागतमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण गरिएको अधिकृत घिमिरेले बताए ।

दोदा, बनहरा र सनवोरा नदीमा निर्माण गरिएका जैविक तटबन्ध र ढुङ्गा तारजालीको तटबन्ध निर्माणका लागि परियोजनाले २० लाख २३ हजार ५६९, समुदायको रु सात लाख ९० हजार ७०४, स्थानीय तहको रु दुई लाख ६० हजार १३० र अन्य सहयोगी संस्थाको रु पाँच लाख २५ हजार ७९९ रकम सहयोग रहेको छ ।

जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण भएपछि बर्सेनि जग्गा कटानको समस्याबाट पीडित रहँदै आएका बासिन्दाको जग्गाको सुरक्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment