+
+

संविधान संशोधनबारे राप्रपा अनिर्णित

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १२:०८

२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनबारे अन्तिम चरणमा मात्रै निर्णय लिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणालाई भेटेर संशोधनमा सघाउन आग्रह गरेका थिए ।

लगत्तै अध्यक्ष थापाले आइतबार पार्टीको बैठक बोलाएका थिए । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा संशोधन र सरकारमा सहभागिताबारे समान्य छलफल भएको छ । ‘सामान्य कुराकानी भएको छ तर, कुनै निर्णय भएको छैन’ सांसद कुन्ती शाहीले भनिन् ।

गत बैशाख १७ गते संशोधन निणायार्थ पेश गर्ने तयारी भइरहँदा राप्रपाका केही सांसद हराएका थिए । उनीहरु अहिले पनि संशोधनको विपक्षमै रहेका छन् ।

यसप्रति संकेत गर्दै बैठकमा अध्यक्ष कमल थापाले पार्टी नै एक नभएको जस्तो सन्देश गएको गुनासो गरेका थिए ।

स्रोतका अनुसार राप्रपाले संविधान संशोधनबारे अन्तिम चरणमा मात्र निर्णय लिनेछ । ‘अहिले निर्णय गरेर प्रचार गर्नुभन्दा आवश्यक परेको बेला निर्णय हुन्छ’ एक नेताले भने ।

संशोधनबारे अहिले नै निर्णय गर्दा फेरि समस्या आउने भएकाले कुनै निर्णय नभएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?