कतिपय काम न काजका एपहरुले एन्ड्रोइड प्रयोगकर्तालाई निकै हैरान बनाएका हुन्छन् । प्रयोगकर्तालाई यस्ता एपबाट जोगाउनका लागि गुगलले भरपूर कोसिस गरिरहेको छ । यसैक्रममा गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ प्यानिक बटन लञ्च गरेको छ । यो बटनले यस्ता हानिकारक तथा अनावश्यक खालका एप्स र मालवेयरबाट बचाउनेछ ।
प्यानिक मोडले एन्ड्रोइड फोनको ब्याकग्राउन्डमा काम गर्नेछ र कुनै पनि समस्यायुक्त एपमा फसेको बेला प्रयोगकर्तालाई होम स्क्रिनसम्म निकाल्नेछ ।
कुनै पनि एपमा फसिहालियो भने प्रयोगकर्ताले बारम्बार निरन्तर ब्याक बटन थिचिरहनुपर्नेछ । एन्ड्रोइडले यसलाई प्यानिक अर्थात् समस्याग्रस्त अवस्थाको रुपमा बुझ्नेछ र एपलाई ओभरराइड गरेर प्रयोगकर्तालाई होम स्क्रिनमा फिर्ता ल्याउनेछ । त्यसपछि प्रयोगकर्ताले उक्त एप अनइन्स्टल गर्न सक्नेछन् ।
गुगलले यो फिचरको आधिकारिक घोषणा गरेको छैन तर एक्स डी ए ले यसलाई एन्ड्रोइडको सोर्स कोडमा फेला पारेको छ ।
यो फिचर अहिले मात्र एन्ड्रोइड नुगट ७.१ मा मात्र रहेको छ र गुगलले आगामी एन्ड्रोइड भर्सनहरुमा यसलाई डिफल्ट फिचर बनाउन सक्ने सम्भावना रहेको बताइएको छ ।
स्मरण रहोस् गुगलले गत महिना मात्रै गुगल फोटो एपका लागि पनि नयाँ फिचर आर्काइभ लञ्च गरेको थियो । यसमा प्रयोगकर्ताले आफ्ना इमेज फिडबाट कुनैपनि तस्वीर निकालेर एपका फरक फरक हिस्सामा राख्न सक्नेछन् ।
एजेन्सी
प्रतिक्रिया 4