१० साउन, काठमाडौं । आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको पत्रिकामा छ ।
संविधान संशोधन अघि बढाउन कांग्रेस तयार रहेको, खडेरीका कारण अझै पूर्वी नेपालमा रोपाइँ हुने नसकेको, डा. गोविन्द केसीले ११ औं पटक पुनः अनसन थालेकोलगायत खबर आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययन केन्द्र बनाइने भनेर व्यक्त गरेको भनाइलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गोरखापत्र दैनिकमा बेरोजगार भत्ताको व्यवस्था हटेकोदेखि प्रजनन स्वास्थ्यमा नेपाल अग्रस्थानमा रहेकोसम्मका खबर छन् ।
‘हिउँदमा फर्कंदै लोडसेडिङ’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले संविधान संशोधन अघि बढाउन कांग्रेस तयार रहेको, महिलालाई छुट्टै बैंकको तयारी गरिएको लगायत खबर छापेको छ ।
आजको नागरिक दैनिकले लार्चा पुल भाँचिएको खबरसँगै डा. गोविन्द केसी अनशनमा बसेको खबरलाई पनि प्राथमिकता दिएको छ ।
कान्तिपुरले खडेरीले पूर्वी नेपाल बाँझै रहेको लेखेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले लाइसेन्समा निजीको डेढ अर्ब फसेको जनाएको छ ।
प्रतिक्रिया 4