+
+

जातीय पहिचानका आधारमा निर्वाचन क्षेत्र निर्धारण : नयाँ शक्ति

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १८:३०

१५ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले जातीय र भाषिक पहिचानलाई समेटेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा पार्टीले सकेसम्म एउटै जातीय र भाषिक पहिचान भएका ठाउँहरुलाई नछुटाई क्षेत्र निर्धारण गर्न उपयुक्त हुने सुझाव दिएको हो ।

जातीय र भाषिक पहिचानलाई सकेसम्म समेटिने गरी क्षेत्र निर्धारण गर्न सुझाव दिइएको पार्टीका संयोजक डा. बाबुराम भट्टरालले जानकारी दिए ।

पार्टीले जनसंख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गरेपनि त्यसको प्रतिशत पनि तोक्नुपर्ने माग गरेको छ ।

संविधानले जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारणको काम गर्ने भनेपनि त्यसको निश्चित प्रतिशत तोक्दा उपयुक्त हुने सुझाव डा. भट्टराइको छ ।

नयाँ संविधानमा जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?