काजोलको रुपरंग हेर्दा लाग्दैन, उनको उमेरले ४० बर्ष काटिसक्यो भनेर । यी ‘दिलवाले गर्ल’ अझैपनि उस्तै सुन्दर, कामुक एवं आकर्षक देखिन्छ । यद्यपी उनी बिवाहित हुन् । बिवाहित मात्र होइन, दुई सन्तानकी आमा हुन् । उनकी छोरी अहिले लाइमलाइटमा छिन् । भनिहालौ, ठ्याक्कै आज अर्थात अगस्ट ५ मा काजोलले ४३ औं जन्मदिन मनाइरहेकी छिन् ।
९० को दशकमा चम्किएकी काजोलले अभिनेता अजय देवगनसँग बिवाह गरिन् । बिवाहअघि उत्कर्षमा पुगेको उनको फिल्मी करियर त्यसपछि भने क्रमस मत्थर हुँदै गयो । पछिल्लो समय उनी कमै मात्र फिल्ममा देखिएकी छिन् । आमा भइसकेपछि पनि उनले शाहरुख खानसँग स्क्रिन शेयर गरिन्, दिलवालेमा । फिल्ममा उनको जवानी उस्तै झरिलो, भरिलो देखिन्थ्यो ।
हिरोइनकी छोरी
कतिलाई थाहा होला वा नहोला, काजोल फिल्मी पृष्टभूमीबाट आएकी हुन् । उनी अभिनेत्री तनुजाकी छोरी हुन् भने, पिता सोमू मुखर्जी निर्माता एवं निर्देशक । काजोलका नातागोताका धेरैजसो बलिउडकर्मी नै हुन् । उनको पैतृक परिवार नै बलिउडको एउटा हिस्सा हो । कोहि निर्देशक, कोहि अभिनेत्री, कोहि अभिनेता, कोहि निर्माता छन्, काजोलका परिवारमा ।
१६ बर्षे जवानीमा
काजोलले आफ्नो फिल्मी करियर १६ बर्षे जवानीमा सुरु गरेकी हुन् । उनको पहिलो डेब्यु फिल्म बेखुदी थियो । ९० को दशकमा उनको फिल्मले दर्शक, समीक्षक सबैको वाहवाही पायो । उनलाई एकपछि अर्को फिल्मले पछ्याउन थाल्यो । त्यसै मेसोमा अब्बास-मस्तानको फिल्म ‘बाजिगर’मा उनले शाहरुखसँग स्किन शेयर गरिन् । यसले उनको करियरलाई थप उचाइमा पुर्यायो ।
त्यसपछि करण अर्जुन, दिलवाले दुल्हनिया ले जायेंगे जस्ता एकपछि अर्को हिट फिल्म दिएकी काजोलले त्यसताका थुप्रै अवार्ड पनि आफ्नो पक्षमा पारिन् । करण जौहर निर्देशित ‘कभी खुसी कभी गम’ पछि भने काजोलले लामो विश्राम लिइन् । त्यही दौरान उनले छोरीलाई जन्म दिइन् ।
२००६ मा उनले धमकेदार कमव्याक गरिन्, फिल्म फनाबाट । त्यसमा उनले दृष्टिविहिन युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।
काजोलको बारेमा रोचक तथ्य
– काजोल मुखर्जी खानदानकी चौथो पीढी हुन् । काजोल भेटरान अभिनेत्री रत्ना बाइकी पनाती हुन् ।
– कपुर फेमेलीपछि बलिउडमा मुखर्जी परिवारको एकदमै योगदान छ ।
– कजोल बलिउडकी एक्ली यस्ती अभिनेत्री हुन्, जसले नेगेटिभ रोलका लागि पनि फिल्मफेयर अवार्ड हत्याएकी थिइएन् ।
– काजोल बलिउडकी दोस्रो यस्ती अभिनेत्री हुन्, जसको पाँच फिल्म फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरेकी छिन् ।
– फिल्म बाजिगरमा पि्रय चोडकाको भूमिकाको निम्ती निर्देशकले श्रीदेवीलाई लिन चाहन्थे । तर, उनीसँग समय नभएकाले काजोललाई यसमा लिइयो । अन्ततः यहि फिल्म सुपरहिट भयो ।
– सिल्भर स्त्रिmनमा काजोल-शाहरुखको जोडी अत्याधिक रुचाइयो ।
– काजोल शिवभक्त हुन् । उनी जहिलेपनि ओम अंकित औंठी लगाउँछिन् ।
– काजोल कविता लेख्न, विज्ञानमा आधारित डरलाग्दो उपन्यास पढ्न रुचाउँछिन् । सेटमा अक्सर उनको हातमा किताब हुन्छ ।
प्रतिक्रिया 4