+
+

जिसस कालिकोटमा माओवादीको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १५:५६

२६ साउन, कालिकोट । जिल्ला समन्वय समिति जिसस कालिकोटको माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

९ वटा स्थानीय तह रहेको कालिकोटमा बहुमत स्थानीय तहमा जितेको माओवादी केन्द्रले जिससमा पनि एकलौटी विजयी  हात पारेको हो ।

बिहीबार भएको निर्वाचनमा संयोजकमा माओबादी केन्द्रका अनिपाल शाही बिजयी भएका छन् । नरहरीनाथ गाउँपालिका-६ का शाहीले ११ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपसंयोजकमा पनि माओवादीकै दन्ता विष्ट (नेपाली) विजयी भएकी छन् । उनी तिलागुफा नगरपालिकाकी हुन् ।

७ सदस्य पनि माअेाबादी केन्द्रकै बिजयी भएका छन । सदस्यहरुमा अनन्त बिश्वकर्मा (राजेश), ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर मल्ल, कमला जैसी र मान्का दमाई रहेका छन् ।

९ स्थानीय तह रहेको कालिकोटमा जिसस चुनावका लागि माओबादीको ११ , एमालेको ६ र कांग्रेसको १ मत रहेको थियो ।

रत्न कार्कीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?