+
+

प्रदेश २ मा राजपाले ९० सिट जित्छ: महासचिव झा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १३:११

२० भदाै, काठमाडाैं । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रदेश २ को चुनावमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा झाले पार्टीले लगभग सबै उम्मेदवारको टुंगो लगाएको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो प्रारम्भिक तयारी र आंकलन ९० सिट जित्ने हो, त्यहीअनुसार तयारी भइरहेको छ ।’

स्थानीय चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४/५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने, ‘केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल हुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए । उनले थपे, ‘एमालेसँग वर्जित छैन तर, अहिलेसम्म तालमेलको संकेत भने देखिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?