Comments Add Comment

मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सेवा सुरु

६ असोज, काठमाडौं । मलेसियाको सबैभन्दा ठूलो सञ्जाल भएको मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।

मलेशियामा रहनु हुने नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेड एसियाको १०० भन्दा बढी तथा ४२५ भुक्तानी केन्द्रहरुमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नुहुनेछ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्नुहुनेछ ।

सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्टे्रड एसियाको कम्पनीका मनी सर्भिस अफिसर सर्भेस्वरनराजा गोपालले हस्ताक्षर गरे ।

सो सम्भौतापत्रमा दस्तखत गर्दै गोपालले सिटी एक्सप्रेस र मर्चेन्ट्रेड एसियाको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताए । साथै आउने दिनमा यो सम्बन्ध अझ मजबुद हुँदै जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment