+
+

कोरियाबाट पहिलोपटक निजी मनि ट्रान्सफर कम्पनीबाट कारोबार सुुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते १८:२९


१९ कात्तिक, काठमाडौं । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका विदेशीहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस (जीएमइ) रेमिट्यान्स कम्पनी सञ्चालनमा आएको छ । छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको जीएमइको कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक गरे ।

ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएको छ । जीएमइ नै कोरियन सरकारको तर्फबाट पहिलो पटक स्वीकृती पाउने रेमिट्यान्स कम्पनी भएको छ । कोरियामा जीएमइको स्थापनासंगै यसका शाखा तथा अनलाईनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिनेछ । कोरियाबाट जीएमइ हुँदै पठाइने रकम ग्लोबल आइएमई बैंकका नेपालमा रहेका सम्पूर्ण शाखा तथा नेपालभर रहेका ७ हजारभन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

कोरियामा जीएमइको स्थापनाले औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास कोरियाका लागि नेपाली राजदुत सिंहले व्यक्त गरे । कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इण्ड्रिस्टिजका अध्यक्ष किरण प्रकाश साखः लगायतको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?