+
+

रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १०:४३


२० कात्तिक, काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ ।

यसका लागि कर्पाेरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।

काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पाेरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी दिए । तालीममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पाेरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनेछिन् ।

साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?