अमेरिका । झापाली समाज अमेरिका गठन भएको छ । डा. शम्भु ढुङ्गानाको सभापत्तिवमा १७ डिसेम्बरमा भएको टेलिकन्फरेन्सले मुकुन्द ढुंगानाको अध्यक्षतामा २५ सदस्यीय झापाली समाज अमेरिका गठन गरेको हो ।
नवगठित झापाली समाज अमेरिकाको केन्द्रीय पदाधिकारीहरुमा अध्यक्षमा मुकुन्द ढुंगाना उपाध्यक्षहरु साहित्यकार सीता पाण्डे, प्रदीप तिम्सिना, अनिल ओली र महासचिवमा निलम बिमली सर्बसम्मत चयन भएका छन ।
त्यसैअनुरूप सदस्यहरुमा डा. लीला खतिवडा, डा खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, दीपक पाण्डे, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला,सावित्रा ओली कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेललाई चयन गरिएको छ ।
साथै भेलाले तदर्थ समितीलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा समितिहरु गठन गरी सम्मेलन गर्ने लक्ष्य लिएको छ ।
बिश्वभरिका झापालीहरु एकताको सुत्रमा बाधिएर समाजको बिकासमा समर्पित हुनुलाई सकारात्मक कदम ठान्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखेरेलले अमेरिकामा संगठित झापालि समाजलाई सहकार्यको लागि आग्रह गरेका छन् ।
उक्त भेलाको सहजिकरण निलम बिमलीले गरेका थिए भने डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाकार समितिको पनि चयन पनि सोही भेलाले गरेको छ।
उक्त भेलामा समाजसेवी हेम पाठक र अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले सम्बोधन गरेका थिए ।
समाज गठन गर्नका लागि आयोजित उक्त भेलामा एनआरएन आइसीसी सदस्य बेद बस्नेत, अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी, डा. गोपी उप्रेतीले पनि सम्वोधन गरेको थिए ।
प्रतिक्रिया 4