+
+

सरकार निर्माणमा अवरोध गर्नेलाई छाड्दैनौंः नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १५:२१

सरकार निर्माणमा अवरोध गर्नेलाई छाड्दैनौंः नारायणकाजी

५ पुस, काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाइ दिन आयोजित कार्यक्रममा श्रेष्ठले जनमत अनुसार छिट्टै सरकार बन्ने बताए ।

राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्ब तर्फ संकेत गर्दै उनले कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने बताए ।

कांग्रेसलले विगतमा जस्तै कम्युनिष्टहरुलाई लडाएर खाने लोकतन्त्र खोजेको हो भने सम्भव नभएको भन्दै उनले भने, ‘निर्वाचित शक्तिलाई सरकारमा जान रोक्न खोज्नेलाई छोड्दैनौं ।’

उनले पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताए । अब एमाले र माओवादीको संयुक्त व्यानरमा नभई एकीकृत कम्युनिष्ट पार्टीको ब्यानरमा कार्यक्रम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?