+
+

आकर्षक जागिर लगाइदिने भन्दै दिल्लीको कोठीमा पुर्‍याउने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १७:३९

६ पुस, काठमाडौं । आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै नयाँदिल्लीको कोठीमा नेपाली महिला पुर्‍याउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का सुने भनिने सुनबहादुर तामाङ छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआइबी) उनलाई बुधबार नुवाकोटबाट पक्राउ गरेको हो ।

उनले ०७१ साल जेठमा काठमाडौंकी दुई जना महिलालाई राम्रो काम लगाइदिने भन्दै झुक्याएर नयाँदिल्लीको एक कोठीमा देह व्यापारमा संलग्न गराएका थिए ।

उनीहरु त्यहाँबाट भागेर नेपाल आएका दुई जना महिलाले प्रहरी समक्ष उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?