+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिकी डलर देखाई ६४ लाख ठगेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १३:१०

७ असोज, काठमाडौं । अमेरिकन डलर देखाई ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भन्दै प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी यो समूह फरार भएको थियो ।

यो समूहले अन्य ठाउँहरुमा पनि यसैगरी ठगी गरेको खुलेको छ । २ असोजमा धादिङ घर भई काठमाडौं कलंकी बस्ने एक जना पीडितलाई काठमाडौं स्युचाटार बोलाई नगद ७ लाख रूपैयाँ यो समूह ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

त्यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–६ टौखेलबाट ३१ भदौमा चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रुपैयाँ यो समूहले ठगी गरेको खुलेको छ ।

भक्तपुर सुर्यविनायकबाट २० साउनमा काठमाडौं बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट १३ चैतमा २०८० मा काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?