+
+

नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षमा ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते ११:५७


२० पुस, काठमाडौं । नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।

आज साँझ हुने एशोसिएशनको विशेष साधारण सभाले यसलाई अनुमोदन गर्ने भएको छ । गत वर्ष मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाहले जागिर छाडेसँगै सो पद खाली रहेको थियो । शाहले गत महिना मेगा बैंकबाट राजिनामा गरेपछि एशोसिएशनको अध्यक्ष स्वतः खाली भएको हो ।

हाल उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा चयन भएसँगै उपाध्यक्ष पद भने खाली भएको छ । उपाध्यक्ष पदमा कार्यकारी समितिबाट कोही चुनिएमा पुनः सदस्यको पद खाली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?