+
+

कुमारी र नेपाल एसबीआईको नाफा उच्चले बढ्दा नेपाल बंगलादेशको उच्चले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १५:४६


१२ माघ, काठमाडौं । चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा कुमारी बैंकको नाफा ७२ प्रतिशतले बढेको छ । राइट ब्याक नै ३० करोड रुपैयाँले बढाएपछि बैंकको नाफामा उच्चले सुधार भएको हो ।

बैंकको नाफा ४८ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने करिब ४ प्रतिशतले घटेको छ । यो ३४ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी भने करिब ४८ प्रतिशतले बढेको छ । यो रकम ८२ करोड रुपैयाँ रहेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २४ करोड रुपैयाँ राखेको छ भने कुल ३७ करोड फिर्ता ल्याएको (राइट ब्याक गरेको) छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.६१ प्रतिशत रहको छ । करिब १ सय १९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट २५ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब ३६ प्रतिशतले बढेको छ । बैंकको करिब ४४ प्रतिशतले निक्षेप बढेर ५७ अर्ब रहेको छ । कर्जा ५१ प्रतिशतले वृद्धि भएर ५० अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८८ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.८२ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग केही स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ५६ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २७ अर्ब ९८ रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल १८ प्रतिशतबाट घटेर करिब ११ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.७१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंक

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा नेपाल एसबीआई बैंकको नाफा २०.३३ प्रतिशतले बढेको छ ।  बैंकको नाफा ९१ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने २३ प्रतिशतले बढेको छ । यो १ अर्ब ४३ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने करिब ३० प्रतिशतले बढेको छ । यो रकम १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ५७ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब ८ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ११ करोड रुपैयाँ राखेको छ भने मात्रै ८९ लाख फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात सिमान्तदरमा बढेर ०.१३ प्रतिशत रहको छ । करिब ८ सय ६९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब १० प्रतिशतले निक्षेप बढेर ८५ अर्ब पुगेको छ । कर्जा २० प्रतिशतले वृद्धि भएर ७१ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात करिब ८४ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग केही स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ६१ प्रतिशत लगानी रियल इस्टेट र ओभरड्राफ्ट कर्जामा रहेको छ । यी क्षेत्रमा ४३ अर्ब रुपैयाँ लगानी भएको छ ।
बैंकको सेयरमा प्रतिफल २१ प्रतिशतबाट घटेर करिब १७ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ४ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेशको पुरै निक्षेप कर्जा लगानीमा

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा नेपाल बंगलादेश बैंकको नाफा १९ प्रतिशतले घटेको छ । बैंकको नाफा ४३ करोडमा सिमित भएको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि १४ प्रतिशतले घटेको छ । यो ६३ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी भने मात्रै २.२७ प्रतिशतले बढेको छ । यो रकम ७४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ५२ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम २.५८ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २० करोड रुपैयाँ राखेको छ भने ४ करोड मात्रै फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.४७ प्रतिशत रहको छ । करिब १ सय २४ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब २ प्रतिशतले निक्षेप बढेर ४१ अर्ब ८९ करोड रहेको छ । कर्जा १३ प्रतिशतले वृद्धि भएर ४१ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९८ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.१३ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग स्पेस छैन् ।

बैंकको कुल कर्जा लगानीमा ४७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा १९ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल १६ प्रतिशतबाट घटेर ८ प्रतिशतमा सिमित भएको छ । बैंकको चुक्ता पूँजी करिब दोब्बरले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २७ बाट घटेर ११ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८ गुणाबाट घटेर २६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँबाट घटेर १ सय ३५ रुपैयाँमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?