+
+

‘सत्रु गते’को ‘पिरतिको बर्को’ गीत रिलिज, कति सुहायो आँचल र पलको केमेष्ट्री ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते १६:०१


नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले पर्दामा रुचाएका छन् । बाहिरि दुनियाँमा समेत प्रेमको रंगमा घोलिएको यो जोडी अभिनित चलचित्र ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् ।

गीतमा पल र आँचलको प्रेमलाई झल्काइएको छ । भिडियोको कोरियोग्राफी आकर्षक छ । अर्जुन भट्टराइले लेखेको गीतमा कालिप्रसादकै शब्द छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रलाई मह संचारको प्रस्तुतीमा तयार पारिएको हो । यो गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत हिट भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?