Comments Add Comment

डेनीदेखि अमरीश पुरीसम्म, यी हुन् बलिउड खलनायकका सुन्दर छोरीहरु

बलिउडका यी खलनायक, जसको स्वरुप भयानक देखिन्छ । खासगरी उनीहरुको अनस्क्रिन छवी निकै भयानक एवं आक्रमक देखिन्छ । त्यस्ता खलनायकहरु वास्तविक जीवनमा त्यती कठोर पक्कै नहोलान् । किनकी उनीहरु कलाकार जो परे ।

अब यी डरलाग्दा खलनायकहरुको छोरीको कुरा गरौं । ति आकर्षक छोरीहरु, जो लाइमलाइटमा छैनन् ।

डेनी डेन्जोङ्पा

छोरी- पेमा

डरलाग्दो खलनायकको रुपमा देखिने डेनीका एक छोरी र छोरा छन् । छोरीको नाम हो, पेमा । पेमाले एनिमेशनमा बिए अनर्सको डिग्री गरेकी छिन् । यसका साथै उनी लन्डन कलेज अफ कम्युनिकेसनमा पढिरहेकी छिन् ।

रन्जित

छोरी- दिव्यंका

बलिउडका चर्चित खलनायक रञ्जितले करिब २ सय फिल्ममा काम गरिसकेका छन् । उनकी छोरीको नाम हो, दिव्यंका । दिव्यंका पेशाले फेशन र ज्वेलरी डिजाइनर हुनु ।

अमरीश पुरी

छोरी- नम्रता पुरी

अमरीश पुरी भन्नसाथ गहकिलो गर्जनका साथ आक्रमक रुपमा पेश हुने खलनायक हाम्रो स्मृतिमा देखापर्छ । अमरीश पुरी अहिले जीवित छैनन् । यद्यपी बलिउड फिल्ममा उनको गर्जन भने अझै मत्थर भएको छैन । अमरीशकी एक छोरी छिन्, नम्रता । नम्रता फिल्मी क्षेत्रभन्दा निकै टाढा छिन् । उनी सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गर्दैछिन् ।

अमजद खान

छोरी- अहलाम खान

फिल्म शोलेका चर्चित खलनायक ‘गब्बर सिंह’ अर्थात अमजद खानका एक छोरी र दुई छोरा छन् । छोरी अहलामले थिएटर एक्टर जफर कराचीवालासँग बिहे गरेकी थिइन्, २०११ मा । अहलाम स्वं थिएटर पृष्टभूमीकी हुन् । उनले केहि नाटकमा काम गरेकी छिन् ।

प्रेम चोपडा

छोरी- रकिता, पुनीता र प्रेरणा

आफ्ना जमनाका चर्चित खलनायक प्रेम चोपडाका तीन छोरी छन्, रकिता, पुनीता र प्रेरणा । रकिताले राहुल नन्दसँग बिहे गरिन् । जबकी अर्की छोरी पुनीता अभिनेता विकास भल्लासँग दाम्पत्य सुख भोगिरहेकी छिन् । तेस्रो छोरी प्रेरणा अभिनेता शरमन जोशीसँग बैवाहिक जीवन विताइरहेकी छिन् ।

शक्ति कपुर

छोरी- श्रद्धा कपुर

शक्ति कपुरकी छोरी श्रद्धा त बलिउडमा चम्किएकी छिन् । श्रद्धाले २०१० मा फिल्म ‘तीन पत्ती’ बाट करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले आशिकी-२, एक भिलेन, एबीसीडी- २, रक अन-२, हाफ गर्लफ्रेन्ड र हसीना पारकर जस्तो फिल्ममा काम गरेकी छिन् ।

नसीरुद्दीन शाह

छोरी- हीबा

नसीरुद्दीन शाहले केही फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनकी छोरीको नाम हो, हीबा । हीबा नसीरुद्दीनकी पहिलो पत्नीतर्फकी छोरी हुन् । हीबा स्टेज एक्ट्रेस हुन् ।

कुलभूषण खरबन्द

छोरी- श्रृति खरबन्दा

कुलभू्षण खरबन्दले केही हिन्दी र पञ्जाबी फिल्ममा काम गरे । उनकी एक छोरी छिन्, श्रृति । छोरी श्रृति फिल्मी क्षेत्रमा छैनन् । उनी ज्वेलरी डिजाइनर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment