+
+

रावा बैंकको एक्स्टेन्सन शाखा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १९ गते ११:११

१९ फागुन, संखुवासभा । यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गरे । प्रदेशसभाका सदस्य तुलसीप्रसाद न्यौपानेले उद्यमी, व्यापारी र किसानले व्यवसायी र उद्यमशील बनेर जीवनस्तर उकास्न बैंकले सहयोग गर्ने धारणा राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार जोशीले ११८औँ एक्सटेन्सन शाखाका रुपमा रहेको सो वाणिज्य बैंकबाट बैंकिङ कर्जा सेवाबाहेक सम्पूर्ण सेवा सुविधा दिइने जानकारी दिए । जोशीका अनुसार रावा बैंक चैनपुरले रु ४२ करोड कर्जा प्रदान गरेकामा रु २२ करोड बजारवासीले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?