२३ फागुन, भैरहवा । चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन । ओमसतिया गाउापालिका-३ का १९ वर्षीय रञ्जित चौधरी र १८ वर्षीय विनय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फागुन १३ गते करवानीबाट रामचन्द्र यादवले चलाइरहेको लु २७ प ८६४७ नम्बरको एफजेड एस यामाहा मोटरसाइकल चोरी भएपछि उनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।
ओमसतिया गाउँपालिका-३ स्थित करवानीबाट चोरिएको मोटरसाइकल खोजी गर्ने क्रममा सियारी गाउापालिका-७, अमुवामा इञ्जिन नम्बर केरमेट र पार्टपूर्जा परिवर्तन गरिरहेको अवस्थामा मोटरसाइकल फेला परेको रुपन्देहीका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4