Comments Add Comment

स्पिन्जले गर्‍यो महिला खेलाडीको सम्मान


२५ फागुन, काठमाडौं । स्पिन्जले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । स्पीन्ज पर्फ्युम डिओले नेपालका खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।

मोटर स्पोर्टकी मेरिना श्रेष्ठ, टेबल टेनिसकी नबीता श्रेष्ठ, बास्केट बलकी सदिना श्रेष्ठ, साइक्लिङकी लक्ष्मी मगर र तेक्वाण्डोकी निशा रावललाई सम्मान गरिएको छ ।

कार्यक्रम एनएलआईसी सिटी सेन्टर, कमलपोखरीमा भएको थियो । जहाँ सबै महिला खेलाडीहरुलाई केभिन केयेरका पदाधिकारीहरुले सम्मान गरेका थिए ।

ब्राण्ड म्यानेजर रोहित श्रीनिवासन, कन्ट्री म्यानेजर स्वपनदास गुप्ता, द दयाल ट्रकी कम्पनीका डाइरेक्टर राजीव शाह र सञ्जीव शाहले उनीहरुलाई सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment