२५ फागुन, काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको ११ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आव २०७३/७४ को मुनाफाबाट शेयरधनिहरुलाई १७.६९ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ ।
गत शुक्रबार सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतमा बसेको बैंकको ११ औं बाषिर्क साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो । बैंकले गत आ.ब.मा १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरि ३९ करोड ४४ लाख खुद मुनाफा गरेको थियो ।
बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको बृद्धि गरेको हो । बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम, २ लाख ३१ हजार ग्राहक रहेका छन् ।
साधारणसभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजु र बिजय मल्ल, योगेन्द्र लाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्म कुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको छ ।
निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
प्रतिक्रिया 4