
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।
गिरीले संसदीय दलका नेता डिल्ली चौधरीलाई सोमबार राजीनामा बुझाएकी हुन् । २०७९ साल फागुनमा सचेतक पदमा मनोनित भएकी गिरीले करिब अठार महिनापछि पद त्यागेकी हुन् ।
राजीनामा पत्रमा गिरीले आफ्नो विविध कारणले सचेतकमा निरन्तरता दिन नसकेको उल्लेख गरेकी छन् ।
सोमबार आफूले राजीनामा दलका नेतालाई बुझाएको र भोली सल्लाह गर्ने जानकारी गराएको गिरीले अनलाइनखबरसँग बताइन् । लुम्बिनीमा यसअघि कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए ।
गिरी पार्टीमा महामन्त्री गगन थापा निकट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4