+
+

उपसभामुख छाड भन्नेलाई ओलीको जवाफः गोरु भन्दा गाढा अगाडि हुनसक्दैन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १४:३२

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनले उपसभामुख नछाड्ने संकेत गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक पार्टी र लिंगबाट हुनु पर्ने संवैधानिक व्यवस्था छ ।

माओवादीका कृष्णबहादुर महरा सभामुख भइसकेका छन् । अब उपसभामुख गठबन्धन बाहिरबाट हुनु पर्ने मत वाम गठबन्धनमा पनि छ भने कांग्रेसले पनि त्यही भनेको छ ।

तर, एमाले र माओवादीको संयुक्त संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘केहीकेही साथीहरुले गोरुभन्दा गाडा अगाडी गर्न खोज्दै हुनुहुन्छ ।’

बैठकमा एमाले संसदीय दलका नेता ओली र माओवादी संसदीय दलका नेता प्रचण्डले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न हृवीप जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?