+
+

मे ११ मा सोनमले बिहे गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते १०:३४


बलिउड अभिनेत्री सोनम कपुरको लामो समयदेखिका प्रेमी आनन्द आहुजासँग विवाह हुने पक्का भएको छ । अहिले ‘वीरे दी वेडिङ’ को सुटिङमा ब्यस्त सोनमको मे ११ र १२ मा विवाह हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सोनमको बिहे विश्वकै महंगो शहर स्वीट्जरल्याण्डमा हुने छ । उनले आफ्नी बहिनी रियासँगै विवाहको भेन्यु छनौट गरेर आएकी थिइन् । विवाहमा लगाउने डे्रसका लागि उनले डिजाइनर अबु जानी र सन्दिप खोसलालाई जिम्मा दिएकी छिन् । विवाह मिति पक्का भएपछि उनका बुबा अनिल कपुरले पाहुनाका लागि फ्लाइटको टिकट बुक गर्ने भएका छन् ।

सन् २०१६ मा बुबा अनिल कपुरको ६० औ जन्मदिनको अवसरमा सोनमले आनन्द आहुजासँग सम्बन्ध भएको सार्वजनिक गरेकी थिइन् । यी दुवै विभिन्न इभेन्टमा सँगै देखिएका थिए भने विदा मनाउन लण्डन पनि सँगै गएका थिए । आनन्द फेसन ब्राण्ड भानेका मालिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?