+

दक्षिण अफ्रिकासँग ४९२ रनले हार्‍यो अष्ट्रेलिया

२०७४ चैत  २० गते १५:५८ २०७४ चैत २० गते १५:५८
दक्षिण अफ्रिकासँग ४९२ रनले हार्‍यो अष्ट्रेलिया

२० चैत, काठमाडौं । अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले  ४ सय ९२ रनले विजयी भएको छ । ६ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले कमजोर ब्याटिङ गर्दा खेल हार्न पुग्यो ।

३ विकेटको क्षगिमा बनाएको ८८ रनबाट पाँचौं दिनको खेल थालेको अष्ट्रेलिया थप ३१ रन जोड्दा अलआउट भयो । जोए बन्र्सले ४२ र पिटर हृयाण्डकोम्बले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । दक्षिण अफ्रिकाका भेर्नान फिलिन्डर एक्लैले ६ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाले ३ सय ४४ रन बनाएर पारी समाप्तीको घोषणा गरेपछि अष्टे्रलियाले ६ सय १२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङमा दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर ४ सय ८८ रन बनाउँदा अष्ट्रेलियाले पहिलो इनिङमा २ सय २१ रन जोडेको थियो ।

यो जितसँगै चार टेष्टको श्रृंखला दक्षिण अफ्रिकाले ३-१ ले जितेको हो ।

अष्ट्रेलियाले पहिलो टुर म्याचमा पाँच विकेटको जितेको थियो । टेष्ट १ सय १८ रनले जितेको अस्टे्रलियाले दोस्रोमा हार व्यहोर्‍यो । तेस्रो टेष्टमा बल टेम्पिरिङ विवादमा परेपछि अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथसँगै टिमका लागि महत्वपूर्ण डेभिड वार्नर र बेनक्राˆटलाई गुमाएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय