+
+

सिन्डिकेटविरुद्ध साझाः बनेपासम्म सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १३:२०
फाइल तस्वीर

२१ चैत, काठमाडौं । अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ ।

आफ्नो एकाताधिकार तोडिएपछि ११ वटा समितिले बुधबार बस चलाएका छैनन् ।

काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि समितिहरु आन्दोलित भएका हुन् ।

साझा यातायातले यसअघि भक्तपुरसम्म रुट विस्तार गर्दा व्यवसायीले बिरोध गरेका थिए । ब्यवसायीकै विरोधका कारण बनेपासम्म जाने साझाको इच्छा पुरा भएको थिएन ।

तर, अहिले व्यवसायी सेवा अवरुद्ध गरेर मयुर यातायातविरुद्ध उत्रिएपछि यातायात व्यवस्था विभागले जुनसुकै बसलाई धलिखेलसम्म रुट इजाजत दिने निर्णय गरेको छ ।

यही मौकामा साझले सर्वसाधाराणलाई रहात दिने गरी बनेपासम्म सेवा विस्तारको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?