+
+
Shares

सिन्डिकेटविरुद्ध सरकारः धुलिखेलसम्म रुट इजाजत खुला

सिटी मेट्रोसहित चार कम्पनीले देखाए इच्छा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते २०:४९


२१ चैत, काठमाडौं । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्म रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई तत्काल सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।

अत्यावश्यक सार्वजनिक सेवमा समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रुहरु मारमा परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ ।

[sam_list] यही समस्यालार्इ ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलार्इ पनि रूट इजाजत दिने निर्णय गरेको हो । ‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने,’धुलिखेलसम्म बस चलाउन चाहानेले इजाजत पाउँछन् ।’

उनले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए ।  अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।

योसँगै साझासँगै सिटी मेट्रो यातयात, अन्नपूर्ण यातायात, शिवदर्शनले पनि सो रुटमा जान इच्छा देखाएका छन् । मयुर र मध्यउपत्यका यातायातले सो रुटमा अहिले पनि सेवा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?