+
+
Shares

सरकारबाट बाहिरिने नाउपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।
  • भोलि प्रधानमन्त्रीसमक्ष संस्कृति, पर्यटन एवं राज्यमन्त्रीले राजीनामा बुझाउने छन्।
  • सदनलाई पनि भोलि नै जानकारी गराइने अध्यक्ष रन्जिता श्रेष्ठले बताइन्।

२१ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

उनले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।

‘उहाँले पनि भोलि राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्, ‘हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?