२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा ३-१ ले पछाडि छ ।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो ।
कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।
यद्यपी पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्ने भएको छ ।
नेपालले पहिलो हाफमै एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राई ३०औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।
यस खेलको विजेता टोली सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।
प्रतिक्रिया 4