+

ओडीआई ब्याटिङ वरियता : भुर्तेल १७ स्थान सुधार गर्दै शीर्ष १०० मा प्रवेश

२०८३ वैशाख  ३० गते १६:५२ २०८३ वैशाख ३० गते १६:५२
ओडीआई ब्याटिङ वरियता : भुर्तेल १७ स्थान सुधार गर्दै शीर्ष १०० मा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा नेपाली ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी परेका छन् ।
  • दीपेन्द्रसिंह ऐरी अलराउन्डर वरियतामा २८औं स्थानमा छन् भने बलिङ वरियतामा सन्दीप लामिछाने ४२औं स्थानमा छन् ।
  • आसिफ शेखले ओमानविरुद्ध ९४ रन बनाएका थिए र दीपेन्द्रले यूएईसँगको दोस्रो खेलमा शतक बनाएका थिए ।

३० वैशाख, काठमाडौं । नेपाली ब्याटरद्वय आसिफ शेख र दीपेन्द्रसिंह ऐरी आईसीसीको एकदिवसीय (ओडीआई) ब्याटिङ वरियताको शीर्ष १०० मा प्रवेश गरेका छन् ।

आईसीसीद्वारा अपडेट गरिएको नयाँ वरियता अनुसार आसिफ शेख ९३औं स्थान र दीपेन्द्रसिंह ऐरी ९९औं स्थानमा रहेका छन् ।

यसअघि अलराउन्डर र बलिङ वरियतामा राम्रो स्थानमा भए पनि ब्याटिङतर्फ भने शीर्ष १०० मा पर्न सकेका थिएनन् ।

घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएई र ओमानसँगको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनीहरूको वरियतामा सुधार आएको हो ।

दीपेन्द्रले उक्त सिरिजमा २ अर्धशतक र १ शतकको मद्दतले उत्कृष्ट इनिङ खेलेका थिए भने आसिफले पनि ओमानविरुद्ध ९४ रनको शानदार पाली खेलेका थिए ।

यस सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका कारण दीपेन्द्रसिंह ऐरी ओडीआई अलराउन्डर वरियतामा पनि सुधार गर्दै २८औं स्थानमा उक्लिएका छन् ।

आईसीसी वरियता आसिफ शेख दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय