+

ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको तीन स्थान सुधार

२०८३ वैशाख  ३० गते १६:४१ २०८३ वैशाख ३० गते १६:४१
ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको तीन स्थान सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लिएका छन्।
  • दीपेन्द्रले ओमान र यूएईसँगको लिग २ शृंखलामा २ अर्धशतक र १ शतक प्रहार गर्दै ४ विकेट लिए।
  • टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै छन् भने करण केसी ८४औं स्थानमा झरेका छन्।

३० वैशाख, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २८औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५३ भएको छ ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो । यसअघि ओमान र यूएईसँग भएको शृंखलाका ४ खेलमा उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ विकेट पनि लिए ।

दीपेन्द्रले यूएईसँगको पहिलो खेलमा ७५ रन बनाएका थिए भने १ विकेट पनि लिए । ओमानसँगको खेलमा ६० रन बनाउँदै २ विकेट पनि लिए ।

यूएईसँगको दोस्रो खेलमा शतक बनाए । त्यस्तै ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाएर १ विकेट पनि लिए । पछिल्लोपटक अध्यावधि हुँदा भने यूएईसँग भएको खेलसम्मको मात्र हिसाब गरिएको छ ।

त्यसपछि ओमानसँग भएको अन्तिम खेलको प्रदर्शन पनि जोडिएको हो । हिजो मंगलबार भएको स्कटल्यान्डसँगको खेलमा गरेको प्रदर्शन भने अर्को साता हुने अपडेटमा समावेश हुनेछ ।

टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् छन् ।

अलराउन्डरकै वरियतामा करण केसी ३ स्थान तल झरेर ८४औं स्थानमा पुगेका छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय