नयाँ बर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युटुबमा रिलिज गरिएको छ । गतबर्षको जेठको दोश्रो साता रिलिज भएको यो चलचित्रले हलमा औषत व्यापार गरेको थियो । सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।
यो चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले हंगामा मच्चाएको थियो । चलचित्रलाई निर्माता सुवास गिरीले निर्माण गरेका हुन् । गोपिकृष्ण मुभिजले यो चलचित्रलाई प्रस्तुत गरेको हो ।
निर्माता सुवास गिरीले भने–‘अबदेखि सुवास इन्टरटेन्मेन्टले बनाएका सबै चलचित्र सुवास इन्टरटेन्मेन्टको युटुब च्यानलबाट आउनेछ ।’ उनले, आफ्नो ब्यानरमा अबदेखि बनाउने चलचित्र अन्य कम्पनीलाई डिजिटल राइट्समा विक्री नगर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4