Comments Add Comment

सामसुङ ग्यालेक्सी ‘एस ९ प्लस’ १२८ जिबी, प्रि बुक गर्दा उपहार

६ वैशाख, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ १२८ जिबी ल्याएको छ । बैशाख ४ गते देखि सुरु भएको सामसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ प्रि बुकिङ बैशाख ९ गते सम्म रहने र उपभोक्ताहरुले S9prebooking.com मार्फत प्रि बुकिङ गर्न सक्ने सामसङले जनाएको छ ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको Bottle speaker सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट 12000MB डाटा र १२ हप्ताका लागि हरेक हप्ता 1000MB र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई मसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ १२८ जिबी को रु १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् सामसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ प्रभावकारी मूल्य रु १०४, ९०० रहने जनाइएको छ । मसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ १२८ जिबी बैशाख १० गते देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा Midnight Black रङमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment